३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा चार पालिकाका ५० जनालाई निर्वाचन आयोगद्वारा जरिवाना




६ असोज ०७९, भक्तपुर । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने भक्तपुरका चारवटा नगरपालिकाका ३३ प्रमुख तथा १७ उपप्रमुख गरी कूल ५० जना उम्मेदवारलाई जनही रु चार लाख ५० हजारका दरले जरिवना गरेको छ ।
आयोगका अनुसार भक्तपुरमा चार जना निर्वाचित नगर प्रमुख तथा उपप्रमुखसहित पराजित भएका विभिन्न दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई जरिवाना गरेको हो । आयोगको कारबाहीबाट कूल दुई करोड २५ लाख जरिवाना आयोगले असुल गर्ने भएको छ ।
निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई आयोगले गत साउन ३१ गते सात दिनभित्र स्पष्टीकरण पेश गर्न जारी गरेको सार्वजनिक सूचनाको समेत बेवास्ता गरेपछि गत भदौ ३१ गते आयोगको निर्णयले ढिलो गरी स्पष्टीकरण पेश गर्ने र स्पष्टीकरण नै नदिने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम जरिवानासहित कारबाही गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।