१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा बसको ठक्करबाट ७२ वर्षीया श्रेष्ठको निधन



६ असोज ०७९, भक्तपुर ।  पर्यटक बसले ठक्कर दिँदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ दूधपाटीकी ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठलाई सूर्यविनायक नगरपालिका ८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले राति बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा। ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : २६ बजे