१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु




६ असोज ०७९, भक्तपुर । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो ।
सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी बृद्धालाई ठक्कर दिएको थियो ।
बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ३८ बजे