१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बसको ठक्करबाट ६ वर्षीय विद्यार्थीको मृत्यु, धादिङ गजुरी तनावग्रस्त



६ असोज ०७९, काठमाडौं । धादिङ गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ६ वर्षीय विद्यार्थीको मुत्यु भएको हो । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियारलाई ठक्कर दिएको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा बसले ठक्कर दिएको हो । विद्यार्थी र मृतकका आफन्तले पृथ्वी राजमार्गमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ३४ बजे