१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा एकै दिन ४ ठाउँ आगलागी



६ असोज ०७९, काठमाडौं । असोज बिहान १ बजेदेखि साँझ ६ः३० सम्ममा काठमाडौँ र ललितपुरका विभिन्न ४ ठाउँमा आगलागी भयो । यसमध्ये साँझ साढे ६ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं.११ राममन्दिर अगाडिको घरमा लागेको आगोले मानवीयसहित ठूलो भौतिक क्षति पुर्‍यायो ।

यो आगो नियन्त्रण गर्न काठमाडौँ बारुण यन्त्र कार्यालयबाट २ वटा, भक्तपुर र ललितपुर वारुण यन्त्र कार्यालयबाट १र१ वटा, त्यसै गरी बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र नागरिक उड्यन प्राधिकरणबाट १र१ वटा दमकल प्रयोग गरिएको थियो । त्यसैगरी खानेपानी बोकेर हिँडेका केही निजी ट्याङ्करको पनि प्रयोग भएको थियो ।
आगलागीमा रामहिटीको दमकल सबैभन्दा पहिले पुगेको थियो । आफू एक्लैले नियन्त्रण गर्न नसक्ने भएपछि काठमाडौँ दमकललाई खवर गरेको थियो । बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डित भन्छन्, ‘यसप्रकार सहरका ठूला प्रकृतिका आगो नियन्त्रण गर्न साँघुरो सडक र सवारी चाप नै मुख्य चुनौती हो । गल्लीमा दमकल लैजान र फर्काउन मिलाउनु पर्ने भएपछि आगो नियन्त्रणको क्षमता त्यत्तिकै कम हुन्छ ।’

बारुण यन्त्र कार्यालयका फायर कमाण्डर एवं नगर प्रहरी नायव निरीक्षक नरेशराज कुँवरले आगलागी नियन्त्रणका लागि भोग्नु परेको समस्या सुनाउँदै भने, ‘हामी पुग्दा कोठामा राखिएका अक्सिजन ग्याँसका सिलिण्डर बम जत्तिकै पड्किँदै थिए । ग्याँससहितको मिश्रित आगो दन्किरहेको थियो । हामीले निरन्तर प्रयास गर्दा रातको साढ १० बजे मात्र आगो पूर्ण नियन्त्रणमा लिएका थियौँ ।’

आगलागी भएको घर कपनको राममन्दि अगाडि छ । घरको कोठाबाट पर्वतारोहण सम्बन्धी काम हुन्थ्यो । यसैका लागि भण्डारण गरिएका अक्सिजन ग्याँसका सिलिण्डर पड्किएका हुन् ।

आगलागीबाट ३० बर्षिय अशोक राई, २५ बर्षका हेवान शेर्पा र २७ बर्षका कासाङ् तेञ्जिङ् शेर्पाको निधन भयो । घाइते हुनेमा २८ वर्षका कुशल बुढाथोकी रहेका छन्। उनको उपचार भइरहेको छ ।

यसै दिन विहान १ः५५ बजे वडा नं। २६ गोङ्गबु टाउन प्लानिङ्को पसलमा आगलागी भएको थियो । त्यस्तै विहान १० बजेर २० मिनेटको समयमा काठमाडौँ महानगरको वडा नंं २९ पुतलीसडकस्थित न्युप्लाजाको विजुलीको पोलमा आगलागी भएको थियो । दिउँसो १ बजेर ५६ मिनेट जाँदा ललितपुर धोवीघाटको कवाडी पसलमा आगलागी भयो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : २२ बजे