१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा एकैदिन मापसे गरी सवारी साधन चलाउने २२३ जना कारवाहीमा



९ असोज ०७९, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारवाही गरेको थियो ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन् । यस्तै २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ५२ बजे