१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झन् बढ्यो डेंगु, एकैदिन १ हजार ५०४ जना संक्रमित



९ असोज ०७९, काठमाडौं ।  नेपालमा एकैदिन एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।

नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ४६ बजे