५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपा र रवीन्द्र मिश्र समूहबीच बुधबार एकीकरण घोषणा



११ असोज ०७९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण घोषणासभा हुने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार काठमाडौंमा घोषणासभा हुने भएको हो ।

राप्रपामा मिश्रको पद के हुने भन्नेबारे भने श्रेष्ठले खुलाएका छैनन् । ‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,’ श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।’

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।