२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथली सुपथ मूल्यकाे सरकारी पसलमा म्याद सकिन लागेकाे चामल



११ असोज ०७९, काठमाडौं ।  सरकारले चाडपर्व लक्षित गरेर जनतालाई सहुलियत दिन सुपथ मूल्य खुलेको पसलमा नै म्याद सकिन लागेको सामान बिक्रीमा राखेको पाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा संचालन गरेको सुपथ मूल्य पसलमा म्याद सकिन लागेको चामल विक्रीमा राखेको पाइएको हो ।

काठमाडौं महानगरपालिकाकी उममेयर सुनिता डंगोलसहितको टोली अनुगमन गर्न थापाथलीको सुपथ मूल्यको पसलमा पुगेका थिए । अनुगमनको क्रममा म्याद सकिन लागेको चामल बिक्रीमा राखेको भेटिएको उपमेयर सुनिता डंगोलले बताइन् । उनले उक्त सामान नबेच्न निर्देशन दिएको बताइन् ।

अनुगमनको क्रममा अरुवा मकनावनपुर चामलको डेट एक्सपाएर हुन लागेको थियो । थापाथलीको सुपथ मूल्यको बजारमा अनुगनमा गर्दा चामलको बोराको उत्पादन मिति २०२० अक्टोबर १ प्रयोग गर्न मिल्ने बेस्ट विफोर टु एअर अर्थात उत्पादन मितिले २ वर्ष सम्म प्रयोग गर्न मिल्छ । यो चामलको म्याद अबको तीन दिन पछि म्याद सकिन्छ ।
चामलका मिति सकिन लागेको बेच्न राखेको पाएपछि किनमेल गर्न पुगेको सर्वसाधरणले सरकारले संचालन गरेको पसलमै यस्तो सामान बेच्न थालेपछि गुणस्तरको सामान किन्न कहाँ जानु भन्दै गुनासो गरे ।

खाद्यले भने आफुहरुले गुणस्तरीय सामान बेच्ने गरेको दावी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।