९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायिका राईको डेंगु संक्रमणपछि मृत्यु




१३ असोज ०७९, खोटाङ । गायिका सुष्मिता राईको डेंगु संक्रमणपछि निधन भएको छ । खोटाङकी उदीयमान राईको डेंगुको संक्रमणपछि ललितपुरको पाटन अस्पताल भर्ना गरिएको थियो । उनको गायिका उपचारका क्रममा बुधबार निधन भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनक प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि सुष्मिताको निधन भएको हो
जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् । छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् । सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तीर्णपछि काठमाडौं पुगेकी थिइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : ५० बजे