१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिटामोल नपाएको बिरामी गुनासो, अभाव नभएको मन्त्रालयको दाबी



१४ असोज ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा अभाव नभएको जनाएको छ । पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको र निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।