८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर २ को चुनावी क्षेत्रमा डा. दीपेश केसीद्वारा हाफ म्याराथुनमार्फत निर्वाचन प्रचार सुरु



दौड पुरा गरेपछि स्थानीय मिठु लामा डा केसीलाई स्वागत गर्दै ।

१५ असोज ०७९, काठमाडौं । ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले चुनावी क्षेत्रमा हाफ म्याराथुनसँगै निर्वाचन प्रचार प्रारम्भ गरेका छन् । उनले पाटनढोकाबाट माने दोभानसँगको २२ किलोमिटर दौडिएर चुनावी अभियानलाई गति दिएको बताए । दौड सुरु गर्नुअघि उनले धर्तीमा निहुरिएर ढोगेका थिए ।
कुनै ठाउँमा नरोकिई दौडिएका केसीलाई पाटनढोकामा स्थानीयले बधाई दिदै बिदाई गरेका थिए । उनलाई २२ किलोमिटर सडक पार गर्ने क्रममा विभिन्न स्थानमा स्थानीयबासीले बधाई तथा शुभकामना दिएका थिए भने मानेदोभानमा स्थानीयले स्वागत गरे ।

दौड सुरु गर्नुअघि धर्तिलाई ढोग्दै डा केसी ।

ललितपुर क्षेत्र नं २ को सबैभन्दा पश्चिमको बिन्दु पाटनढोकाबाट सुरु गरेर पूर्वको अन्तिमबिन्दु मानेदोभानमा अन्त गरेपछि आफूले युवा जोस, जागर, दीगो सोचका अलावा योजना कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति र काममा रफ्तार हुनुपर्छ भन्ने सन्देश दिएको बताए । उनले भने, अब देशको विकास सुस्त गतिमा हुने दिन गए तिव्र गतिमा गर्ने आउँदैछन् ।
ललितपुरमा कला र संस्कृतिले भरिपूर्ण पाटन क्षेत्रदेखि कृषि उत्पादन गर्ने महालक्ष्मी नगरपालिकाका अलावा प्राकृतिक रुपमा सुन्दर साधन र स्रोतले भरिपूर्ण लाकुरे भञ्ज्याङ क्षेत्र रहेकोले दीगो विकासको अपार सम्भावना भएको बताए । आफूले विगत देखि नै गाउँटोलका कुनाकाप्चाको गहिरो अध्ययन गरेर नयाँ मिसन र भिजन बनाइसकेको बताए ।
आज शनिबार विहान ७ बजे सुरु म्याराथन दौड अपरान्ह पुरा गरेका थिए । डा. केसी बाल्यकालदेखि फुटबलप्रेमी भएकाले राष्ट्रिय फुटबल टोलीको जर्सी र नेपालमै बनेको जुत्ता लगाएर दौड पुरा गरेका थिए । उनीलाई विदाई गर्न नेपाल स्वतन्त्र नागरिक सञ्जालका युवाहरु सहभागी थिए ।
उनले आजबाट घरदैलो कार्यक्रमले तिव्र गति सुरु गरेको बताएका छन् । स्वतन्त्र उम्मेदवार डा.केसीले राष्ट्रिय झण्डा ओडेका थिए भने नेपालमै बनेको गोल्डस्टार जुत्ता लगाएका थिए ।

नेपाल स्वतन्त्र नागरिक सञ्जालको संयोजनमा भएको कार्यक्रमसँगै केसीको चर्चा र चासो बढेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ०९ बजे