१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १ का स्वतन्त्र उम्मेदवार डा.सचिन घिमिरे, रिसर्च गर्दै भोट माग्दै




ललितपुर खबर
१८ असोज ०७९,चापागाँउ । केही समयअघि सामाजिक सञ्जनलमार्फत ललितपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. सचिन घिमिरे आजकल एक्लै गाँउ डुल्लै रिसर्च गर्दै भोट माग्न थालेका छन् ।
उनी आजकल दिउँसोपख ललितपुरको काँठ क्षेत्रमा भेटिन्छन् । गोदावरी बडिखेल,गोदामचौर, विशंखुनारायण, ठैब हुँदै अहिले उनी झरुवाराशीको टोल टोल डुल्दै छन् ।
बर्षैअघि राजनीतिमा होमिने योजना बनाएका डा.घिमिरे यो समय स्वतन्त्र उम्मेदवारी दिने उपयुक्त समय आएको आकलन गर्दै स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।
उनी आफू फरकशैलीको प्रचार अभियान सुरु गरेको बताउछन् । उनी यसलाई भन्छन्, ‘रिसर्चबेस इलेक्सन क्याम्पेन ।’ उनले रिसर्च गर्दै चुनाव प्रचार गर्ने क्रममा १ सय घण्टा भन्दा धेरै अन्तर्वार्ता गरिसकेका छन् । यसलाई उनले चिया पसलमा भेरिफाई गर्छन् ।
उनी पत्रकार सम्मलेलन गरेर आफ्ना मुद्दा मिडियामा लैजान चाहदैनन् । उनी समाजिक सञ्जालमा पनि गुमनाम छन् । त्यहाँ कही कतै उनको सामाजिक गतिविधि देखिदैन । भन्छन्,‘प्रचारको आ आफ्नो शैली हुन्छन् ।’
नयाँ उम्मेदवारलाई पत्रकारले खोजेर उनीहरुको मुद्दा समाजमा ल्याइदिनु पर्ने तर्क गर्दै उनी भन्छन्,‘हामी आफ्ना कुरा मिडियामा ल्याउन जान्दैनौं । मिडियाले सहानुभूति राखेर बाहिर ल्याइदिनुपर्छ ।’ उनी पत्रकारहरुले नै प्रचारको योजना बनाइदिनु पर्ने भन्दै आफूले पत्रकार बोकेर नहिड्ने उनले दावी गरे ।
गाँउका चिया पसलहरु राजनीतिक डिस्कोर्षका केन्द्र रहेकोले चिया पसलमा पुग्ने उनी बताउछन् ।उनी ठूलो भेलामा आफ्ना कुरा राख्न चाहदैनन् । चुनाव लड्नै लागि भारतीय राजदुतावासको छात्रबृत्ति नलिएको उनी बताउछन् । भन्छन्,‘मैले छात्रबृत्ति लिए भने चुनावी एजेण्डा बनाउछन् । त्यसैले मैले छात्रबृत्ति लिइन ।’
उनी आफूलाई स्वतन्त्र उम्मेदवार भए पनि रवि लामिछानेको घण्टी चुनाव लिएर अघि बढ्ने तयारीमा छन् । रावि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले साह्रै अप्राकृतिक गठबन्धन गरे आफू सरकारमा नजाने उनी बताउछन् । आफूले ह्वीप नलाग्ने उनको भनाई छ । रवि लामिछानेले बनाएको घण्टी ब्राण्ड (चर्चामा रहेको) घण्टी चिन्ह नलिए अरुले लिएर चुनाव नै भद्रगोल बनाई दिने त्रास उनमा रहेकाले पनि यो चिन्ह लिएका हुन् ।
उनी दशैपछि छम्पी,ढुकुछाप,टिकाभैरव र देविचौर जाँदैछन् । त्यसपछि दक्षिण ललितपुरमा प्रचार अभियान लैजान सुरसारमा रहेको उनी बताउछन् ।
निर्वाचनमा उनी थोरै खर्च गर्ने सोचमा छन् । मोटरसाइकलमा तेल हालेर र मोवाइलमा रिचार्जको खर्च गरेर मात्रै निर्वाचन जित्न सकिन्छ कि भन्ने हाइपोथेसिस विकाश गर्न खोजेको उनको भनाई छ । आफै रिसर्चर भएकै कारण पनि समाजको मनोविज्ञान बुझ्न पनि यो क्याम्पेन उनलाई उपयोगी हुनेछ । आफूसँग कोही पनि अहिलेसम्म नरिसाएको र भेटेपछि जो पनि प्रभावित भएको उनी दावी गर्छन् ।
उनले भारतस्थित जवरलाल नेहरु विश्वविद्यालयबाट चिकित्सा मानवशास्त्रमा विद्याबारिधि गरेका छन् । त्यसैले उनी नामको अगाडि डाक्टर लेख्न पाउछन् । उनले एक अस्पतालमा काम गरेर आइएदेखि मास्टर्ससम्म पढे ।
कन्सेस मिडिया फोरममा जोडिएर उनले धेरै पत्रकार र सम्पादकहरुलाई समेत तालिम दिएका छन् । इसिआर एफ एममा उनले राजनीतिक उग्र किसिमबाट टक शो चलाउथे । उनी राजसंस्था उडाउनैपर्छ भन्ने किसिमका विचार राख्थे । उनी एनजिओमा जोडिएर काम गर्थे ।
उनले डकुमेन्ट्र फिल्म पनि बनाए । पुरस्कार पनि जिते । उनी नेपाल आर्मी, डाक्टर र नर्सलाई समेत पढाउछन् ।

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ४५ बजे