३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ठेचोमा बाह्र बर्षे जात्राको भोजको लागि घर भत्काउन खोज्दा लफडा, घरधनी घाइते



भत्काइएको पर्खाल । लेन्स : ललितपुर खबर

२४ असोज ०७९ , ललितपुर । ललितपुरको ठेचोस्थित नवदुर्गा भवानीको बाह्र बर्षे जात्रा अन्र्तगत देश भोज लागि स्थानीयबासीको घर भत्काउने क्रममा लफडा भएको छ । ठेचोस्थित लाल सिंतानको घर स्थानीयले भत्काउन खोज्दा उनले अवरोध गर्दा उनीमाथि कुटपिट भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनलाई एक स्थानीयले घाइते अवस्थामा देखेपछि एम्बुलेन्स बोलाएर पाटन अस्पताल लगेका थिए । उनी बेहोस अवस्थामा अस्पताल पुगेको र अहिले होस खुलिसकेको छ । यसै क्रममा घरअगाडिको बार भने उनीहरुले भत्काएका थिए ।
घाइते सिंतानको घरमा अन्य सदस्य कोही थिएनन् ।
उनकी श्रीमती देश बाहिर छिन् भने आमा महाकाल गाँउपालिकाको कालेश्वरस्थित घरमै बस्छिन् ।
आज नवदुर्गा भवानीको गुठीयारले परम्परादेखि हरेक बाहै बर्षमा भोज खाने गरेको भन्दै स्थानीयको पर्खाल, टहरा र गोठ भत्काएर भोज स्थल निर्माण गरेका थिए । यसै क्रममा डोजर आएर दुरीखेलदेखि करिव ५ सय मिटरसम्मका संरचना खाली गरेको थियो ।
जात्राका क्रममा भोज खाने ठाँउमै अवरोध हुने गरी बनाएको भन्दै स्थानीयहरु आक्रोसित थिए । उनको घरमा ३५ दिनअघि नै सूचना टाँसिएको थियो । तर उनी सहितका ३ वटा घरवालाहरु अदातलबाट घर नभत्काउन स्टेअर्डर ल्याएका थिए ।

घटना लगत्तै प्रहरीको बाक्लो उपस्थिती थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।