८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्दागिरी वनको जग्गा कौडीको भाउमा लिएर चर्को मूल्य असुल्दै चन्द्रागिरी हिल्स




३ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको चन्द्रागिरीको ७ सय ९ (३६ हेक्टर) रोपनी कबुलियती बनको जग्गामा चन्द्रगिरी हिल्सले बर्षमा १ लाख ८० हजार रुपैयाँ भाडा तिरेर चर्को शुल्क असुल गरिरहेको तथ्य खुलेको छ ।
हरेक महिना रोपनीको २१ रुपैया तिर्ने हिल्स केबुलकार चढेर होटलमा बसी खाएको जोडीको एक दिनको जोडीसँग १७ हजार असुल्ने गरेको छ ।


कम्पनीका अनुसार होटलको स्वट रुमको ४० हजार लिन्छ । पहिलो तलामा रुम बुक गर्दा १७ हजार परे पनि दोश्रो र तेश्रोको क्रमश १८ र १९ हजार रुपैया लिने गरेको छ ।
चन्द्रगिरी हिल्सलाई कबुलकार,जिपलाइन, होटल बनाउनकै लागि २०६७ सालमा तत्कालिन वन मन्त्री दीपक बोहोराले मन्त्रिपरिषदबाट पास गराएका यो जग्गा व्यापारीहरुको समूहलाई दिएका थिए । सरकारले यो समूहलाई दिनका लागि श्री चन्द्रागिरी सचेत महिला सामुदायीक वन उपभोक्ता समुहमा रहेको वनलाई कबुलियती बनाएको हो ।


२०७० वैशाख २१ गते तत्कालिन काठमाण्डु फन पार्क प्रा.ली (हाल चन्द्रागिरी हिल्स) र वन विभागबीच वनमा होटल, केवलकार र मन्दिर निर्माण गरेर सञ्चालन गर्ने सम्झौता भएको थियो ।
हिल्सले चुचुरामा रहेको स्थानीयहरुको कुलदेवता रहेको स्थान नजिकै भालेश्वर मन्दिरको नाम दिएर नक्कली मन्दिर बनाएको थियो । यो मन्दिरको कुनै पुरातात्विक र ऐतिहासिक महत्व नरहेको स्थानीयहरु बताउछन् । उनीहरु भने गाँउलेहरुले जात्रा पर्व मनाउने ठाँउको जग्गा हडपेर व्यापार गरेको भन्दै रुष्ट छन् । चन्द्रागिरी क्षेत्रको दक्षिणतर्फ भालेश्वर डाँडा रहेको र स्थानीयहरुले त्याहा नै भालेश्वर महादेव रहेको भन्दै पूजा गर्ने गरेको एक स्थानीयले बताए ।


मन्दिर परिसरमा रेष्टुरेण्ट, कन्फरेन्स हल, जिपलाइन, स्वीङ,पाँच तारे होटल र केवुलकार निर्माण गरिएको छ । काठमाडौंको थानकोटबाट चन्द्रगिरी डाँडासम्म पुग्न ८ सय रुपैयाँ केबुलकारको टिकट तिर्नुपर्छ । स्विङ र जिपलाइन चढ्न पनि कम्पनीले ८ सय रुपैयाँ नै असुल्ने गरेको छ ।


चन्द्रगिरी डाँडामा रहेको क्याफेमा चर्को शुल्क उठाउने गरेको छ । यहाँ कुनै पनि व्यक्तिले फुटपाथमा बसेर सामान बेच्न पाउदैनन् भने केबुलकारबाट खाने कुरा लैजान समेत निषेध छ।
सरकारले चन्द्रागिरी हिल्सलाई वि.सं. २११०सम्म यसरी नै चर्को मुल्य असुल्नका लागि सम्झौता गरि दिएको छ । चन्द्रागिरी हिल्स आईएमई समूहका व्यावसायी चन्द्र ढकाल, भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीन बहादुर गुरुङ र शेयर बजारका खेलाडी अम्बिका प्रसाद पौडेलले सञ्चालन गरिरहेका छन् ।
कम्पनीले यी संरचना समेत मापदण्ड विपरित निर्माण गरेको थियो । मापदण्ड विपरित निर्माण गरेकै कारण वन मन्त्रालयले २० लाख रुपैयाँ जरिवाना गरेको थियो । यहाँ संरचनाहरु निर्माण गर्ने क्रममा सम्झौता विपरित धेरै रुखहरु कटान गरिएको स्थानीयहरु बताउछन् ।


एक अर्व ५३ अर्व लगानी रहेको यो चन्द्रागिरी हिल्सले केही समयअघि साधारण शेयर बिक्रि समेत गरेको थियो । ३ करोड ६ लाख रुपैया बराबरको सर्वसाधारणलाई शेयर समेत बिक्रि गरेको थियो ।
पत्रकारलाई सित्तैमा केबुलकार
चन्द्रगिरी हिल्सले गरेको बदमासी रोक्न आफ्नो कम्पनीको नराम्रो समाचार सञ्चारमाध्यहरुमा नआयोस भनेर हरेक पत्रकारलाई सित्तैमा कुबुलकार चढाउने गरेको एक पत्रकारले बताए । उनले भने, ‘गेटमा गएर प्रेसको कार्ड देखाउने वित्तिकै केबुल कार चढ्न दिन्छन् ।’
कम्पनीले धेरै पत्रकारहरु घुम्न जाँदा तस्विर खिच्ने र सामाजिक सञ्चारमा राख्दै वर्णन गर्ने हुँदा पनि मिडिया क्षेत्रमा राम्रो प्रभाव पर्ने देखेर यो रणनीति अपनाएको हो ।
चन्द्रगिरी हिल्सले आफ्नो कम्पनीको प्रर्बद्धनका लागि हिउ परेको केही मिनेटमै विभिन्न सञ्चारमाध्यमहरुलाई हिउ खेलेको तस्विर उपलव्ध गराई समाचार प्रकाशन गर्न लगाउने गरेको छ । त्यसै बेला फोटोपत्रकारलाई भेला गराई चन्द्रगिरीमा फोटो खिचाउन बोलाउने समेत गरेको छ । नीजि सञ्चारमाध्यमहरु चन्द्रगिरी हिल्सको विना विज्ञापन सित्तैमा सधैभरि समाचार छापेर एड्वोटोरियल प्रकाशन गरिरहेका छन् ।

कम्पनीका एक सञ्चालकले यात्रा गर्नै कठीन रहेको डाँडाको टुप्पोमा संरचना बनाउन महँगो लगानी परेकोले महँगो शुल्क परेको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ४८ बजे