३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतमा पक्राउ परेकी चिनियाँ महिलाको नेपाली नागरिकता



एजेन्सी । भारतमा जासुसीको आरोपमा पक्राउ परेकी चिनियाँ महिलासँग नेपाली नागरिकता फेला परेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले बिहीबार काइ रूओ नामकी ती महिलालाई उत्तरी दिल्लीको मञ्जुका तिला क्षेत्रबाट पक्राउ गरेको हो। उनी त्यहाँको एक  तिब्बती शरणार्थी शिविरमा बस्दै आएकी थिइन्।

चीनको हैनान प्रान्तकी ती महिला नेपाली नागरिकका रूपमा भारतमा सन् २०१९ देखि बस्दै आएकी थिइन्। उनी भिक्षुको पोशाक लगाएर हिँड्थिन्।

भारतका विभिन्न मन्त्रालय र विभागका आसपासमा ती महिलाका शंकास्पद गतिविधि देखिएपछि उनलाई पक्राउ गरिएको उल्लेख गरिएको छ। उनी जासुस रहेको आशंका गरिएको छ। उनले के-के सूचना संकलन गरेकी थिइन् भन्ने खुलिसकेको छैन।  पक्राउ परेकी उनीबाट नेपाली नागरिकता बरामद भएको छ। नागरिकतामा उनको नाम डोल्मा लामा लेखिएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।