८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बुङ्गमतीको मच्छिन्द्रनाथको मन्दिर नबन्दा खोकनाको जात्रालाई समस्या




५ कार्तिक ०७९, काठमाडौं । बुङमतीको मच्छिन्द्रनाथको मन्दिर पुर्ननिर्माण नहुँदा खोकनाको १२ वर्षे नाच देखाउन समस्या परेको छ । बुङ्गमतीस्थित मच्छिन्द्रनाथ मन्दिर परिसरमा देखाइने १२ बर्षे जात्राको नाच मन्दिर पुर्ननिर्माणका क्रममा निर्माण सामाग्री छरपस्ट रुपमा राखिदा र मन्दिर परिसरको पाटीमा मूर्ति राखेपछि यो नाच देखाउदा ठाँउ अभावका कारण समस्या परेको हो ।
मच्छिन्द्रनाथ मन्दिर प्राङगणमा मञ्चन गरिने यस नृत्य भएकाले सो पाटीका कारण उक्त नृत्य प्रदर्शन गर्ने बेला प्रयाप्त स्थान समेत पाउन नसकिरहेको बुङ्मतीवासी श्याम महर्जनले बताएका छन् ।
खोकनको रुद्रायणी मन्दिरमा हरेक वर्षको दशैंको नौरथाका बेलास्वस्थानीमा आधारित विभिन्न नृत्यका साथै होम र पूजापाठ हुने गरेकाले समयमै मन्दिर बन्न नसक्दा सो धार्मिक कार्य मन्दिर परिसरमै गर्न पाए थप महत्व झल्कने थियो ।
मच्छिन्द्रनाथका साथै रुद्रायणी देवीको मन्दिर गोरखा भुकम्प गएको धेरै वर्षसम्म पनि पूर्णनिर्माण सम्पन्न हुन नसक्दा सो ठाउँ घुम्न आउने पर्यटकको सङ्ख्या घटदै गइरहेको स्थानीयले बताउछन् ।
सो दुबै मन्दिर लथालिङ्ग अवस्थामा रहँदा बुङ्मती र खोकना क्षेत्रको हस्तकला लगायत विभिन्न घरेलु उत्पादन बिक्रिबितरणा असर परिरहेको बुङ्मतीका स्थानीय भीमरत्न शाक्यले बताए । उनले भने, “मच्छिन्द्रनाथको मन्दिर समयमै निर्माण सम्पन्न हुन नसक्दा बुङ्मती बस्ती भित्र सरकारको तर्फबाट गरिनुपर्ने सडक सुधार तथा मर्मत आदि विकास निर्माणको काम पछि परिरहेको छ ।” यो सँगै मन्दिर परिसर पनि लथालिङ्ग अवस्थामा रहँदा जात्रा तथा पर्वका बेला पूजा तथा पाठ गर्न आउने भक्तजनलाई उभिन समेत स्थान अभाव हुनेगर्छ ।” मच्छिन्द्रनाथको मन्दिर समयमै बन्न नसक्दा मुलुक भित्र्ने अवलोकनकर्ताका साथै अनुसन्धान तथा अध्ययनकर्ताको समेत कमी भइ नेपालको अर्थतन्त्र घट्ने डर बढिरहेको शाक्यको धारणा छ ।
मच्छिन्द्रनाथ साथै रुद्रायणी देवीको मन्दिर बुङ्मती र खोकनावासीको मात्रै धरोहर नभएर काठमाडौ उपत्यकाका तीन शहरका भक्तजन तिर्थस्थल रहेकाले यदि आफूले चाहेको नेता विजय भएमा पुरातत्व विभागलाई पटक पटक घचघचाउन लगाएर बोलिएकै समयमै निर्माण गरिने बुङ्मतीवासी वीरेन्द्र देशारको धारणा छ ।
मच्छिन्द्रनाथ र रुद्रायणी मन्दिर एक वर्षमा निर्माण गर्छु : प्रेमभक्त महर्जन


ललितपुर क्षेत्र नं ३ (२) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रेमभक्त महर्जनले बुङ्मतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिरलाई आफू निर्वाचित भएको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने वचनवद्धता व्यक्त गरेका छन् ।
सात वर्ष अघि गोरखा भुकम्पले जीर्ण बनाएका यी मन्दिरहरु समयमै निर्माण सम्पन्न हुन नसक्दा पर्यटन लगायत आर्थिक हुँदै जात्रापर्वमा समेत असर पर्ने कारण देखाउँदै उनले आफूले निर्वाचन जितेको खण्डमा निर्माण सम्पन्न गर्ने बताए ।
नेपालमा मुलुककै लामो जात्रा मच्छिन्द्रनाथको भएकाले सो जात्रा सम्बन्धी भगवानको मन्दिर समयमै बनाउनुपर्छ भनी आफूलाई बुङ्मतीवासीले घचघचाइरहेका महर्जनले बताए । उनले भने, “सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मुलुककै उत्कृष्ठ रहेकाले निर्वाचित भएको एक वर्षमा निर्माण सम्पन्न गर्नेछु ।” राजा नरेन्द्रदेवको पालादेखि पाटनमा सञ्चालन भइरहेको रातो मच्छिन्द्रनाथ जात्रा हेर्न कयौँ देशका मानिस पाटन भित्रिने भएकाले उक्त भगवानको मन्दिर नबन्नु स्वदेशी मात्रै नभइ विदेशको समेत चासो बढेर बुङ्मती आएका बेला सोध्ने गरेका महर्जनले सुनाउनुभयो । “मच्छिन्द्रनाथ मन्दिर समयमै बन्न नसक्दा हाल सानो पाटी बनाएर राख्न बाध्य भइरहेका छाँै । हामी मानिस सुविधा सम्पन्न घरमा बसेर भगवानलाई भने पाटीमा राख्नुपर्दा सारै मन रुने गर्छ”, उनले भने ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ३१ बजे