११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


बसन्तपुरको दशअवतार डवलीमा खुल्ला चित्रकला




७ कार्तिक ०७९, काठमाडौं । बसन्तपुरको दशअवतार डवलीमा खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको डवली पुनरुत्थान कार्यक्रम कार्यक्रम,जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) युएसएआइडी नेपाल, एफएचआई ३६० सँगको साझेदारीमा आयोजना गरेको प्रतियोगितामा विभिन्न उमेर समूहका ६१ जना बालबालिकाले भाग लिएका थिए । प्रतियोगिताका लागि ६ देखि १२ बर्ष, १३ देखि १७ बर्ष र १८ बर्षमाथि गरेर ३ समूह बनाइएको थियो । प्रतियोगितामा हरेक उमेर समूहबाट पहिलो, दोस्रो र तेस्रो हुने बालबालिकालाई महानगरकी उपप्रमुख सुनिता डंगोलले ट्रफी र प्रमाण पत्र प्रदान गरेकी थिइन् ।
चित्रकलाका लागि बालबालिकालाई जनस्वास्थ्य र वातावरण शीर्षक दिइएको थियो भने डवलीमा कुर्सीको सट्टा गुन्द्री र सुकुल राखेर अतिथिहरुलाई भुँइँमा पलेँटी कसेर बस्न लगाएर कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रतियोगिता समापन अवसरमा उपप्रमुख डंगोलले, प्रतियोगिता डवलीमा सञ्चालन हुनुले डवली पुनरुत्थान कार्यक्रमलाई सघाउ पु¥याएको धारणा राखिन् । बालबालिकालाई संस्कृति सम्बन्धी व्यवहारिक ज्ञान दिन सकियो भने यसको पुस्तारन्तरणमा बलियो योगदान हुन सक्छ । उनले भनिन्, ‘डवली संस्कार, संस्कृति र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएकोले यसलाई बचाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।’
महानगरको सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानका अनुसार प्रतियोगितामा सामुदायिक, संस्थागत र खुल्ला रुपमा आएका विद्यार्थीहरुले आफ्ना भावना चित्र र शव्दमार्फत व्यक्त गरेका थिए ।
हामीले डवलीको पुनरुत्थानमा सहयोग पुगोस् भनेर यहाँ बालबालिका भेला गराएर प्रतियोगिता गरिएको हो । यो थाइल्याण्डमा आयोजना हुने प्रिन्स माहिडोल अवार्डका लागि हो । यस प्रतियोगितामा सहभागी हुन नसकेका कोही बालबालिकाले घरमै बसेर चित्र बनाएर प्रतियोगितामा आफ्नो सिर्जना पठाउन सक्नेछन् ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ३५ बजे