२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली काँग्रेसद्वारा घोषणापत्र सार्वजनिक



१२ कात्तिक ०७९,काठमाडौं । नेपाली कांग्रेसले आज धोषणा पत्र सार्वजनिक गरेको छ। सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा घोषणापत्र सार्वजनिक गरेका हुन्। नेपाली काँग्रेसले चुनावी घोषणापत्रलाई संकल्प पत्र नाम दिएको छ ।
कांग्रेसले संकल्पपत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा तय गरेको छ।
तिहार अगाडि नै संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरे पनि पटक पटक सूचना निकालेर स्थगित भएको थियो ।१६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश सदस्यका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ। कांग्रेसले माओवादी केन्द्र, लोसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ।

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।