३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिद्वारा गुह्वेश्वरी र कमलपोखरीमा छठ पूजा



राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा
काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई छठी माताको पूजा आराधना गरेपछि सामूहिक तस्बिर लिदै । पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो । लेन्स : किरणराज बिष्ट/रासस

१३ कात्तिक ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गरेकी छिन् ।
काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको गुह्वेश्वरीमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरिन् । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गरेकी थिइन् ।
अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो ।
पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गरेकी थिइन् । पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।