११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ की उम्मेदवार डा. तोसिमा आज सवोच्चमा मुद्दा दर्ता गर्दै




ललितपुर खबर
१४ कात्तिक ०७९, ललितपुर । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिएर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले आज ११ बजे सवोच्च अदातलमा निर्वाचन आयोग विरुद्ध मुद्दा गर्ने भएकी छिन् ।
डा .तोसिमाका समर्थकहरु सोही समयमा राजधानीको माइतीघरमा प्रर्दशन गर्दै छन् । नेपाल मेडिकल काउण्सिलको सदस्य पदमा निर्वाचित डा. कार्कीले यहाँबाट सुविधा लिएको भन्दै हालै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
डा. कार्कीले आफूले सरकारी कोषको पैसा नलिएको र काउण्सिलको आन्तरिक कोषबाट बैठक भत्ता मात्रै लिएको बताएकी छिन् । उनले गत भदौं २८ गते सो बारे जानकारी दिई आयोगलाई पत्र लेखेको र पत्रको जवाफ नै नदिई उल्टै उम्मेदवारी खारेज गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् । सो कदमबारे बोल्दै डा. कार्कीले आफूमाथि षड्यन्त्र भएको बताइन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ३६ बजे