११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर पत्रकार महासंघले सोध्यो राजधानी दैनिकका सम्पादक सागर पण्डितसँग स्प्रष्टिकरण




ललितपुर खबर
१५ कात्तिक ०७९, ललितपुर । पत्रकार महासँघ ललितपुरले राजधानी दैनिकका सम्पादक तथा पत्रकार महासँघ ललितपुरका सदस्य सागर पण्डितलाई तपाईलाई किन कारवाही नगर्ने भन्दै स्प्रष्टिकरण सोधेको छ ।
महासंघ शाखा ललितपुरका सचिव रामहरि कार्कीको हस्ताक्षरित विज्ञप्तीमार्फत जानकारी दिदै उनीमाथि श्रमजीवि पत्रकार तथा कर्मचारीलाई धम्कीपूर्ण व्यावहार गरेको आरोप लगाइएको छ । उनलाई श्रमजीविको पक्ष तथा श्रम अधिकार रक्षाका लागि उभिनु पर्नेमा त्यसो नगरेको भन्दै नेपाल पत्रकार महासंघको विधानको खिलापमा हुने गरी खिलापमा हुने गरी कार्य गरेकोले यसै विधानको दफा १८ को (३) (च) अनुसार तपाईलाई किन कारवाही नगर्ने भन्दै स्प्रष्टिकरण सोधिएको जानकारी दिइएको छ ।
प्रेस चौतारीको आपत्ती
पत्रकार महासंघ सदस्य तथा राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई स्प्रष्टिकरण सोधिएको सन्दर्भमा प्रेस चौतारी ललितपुरले आपत्ती जनाएको छ ।
प्रेस चौतारी ललितपुरका सचिव अशोक दुलालद्वारा हस्ताक्षरित विज्ञप्तीमा श्रमजीवि पत्रकारको छाता संंस्था भएपनि कुनै सञ्चार प्रतिष्ठानभित्रको आन्तरिक विषयमा व्यक्तिगत विषयलाई लिएर गरिएको महासंघको गतिविधि र कारवाही गर्ने धम्कीपूर्ण पत्रप्रति प्रेस चौतारी नेपाल खेद प्रकट गरेको छ । विज्ञप्तीमा भनिएको छ ,‘श्रमजीविकै पक्षमा उभिदैं आफ्नो पेशा र महासंघमा समेत सक्रिय रहनुभएका पण्डितप्रति गरिएको ग्रैह्रजिम्मेवारपूर्ण पत्राचारप्रति गम्भीर आपत्ति जनाउदै यस्ता गतिविधिले महासंघको मर्यादा र कार्यक्षेत्रमा ठेस पुग्ने भएकोले यस्तो गतिविधिप्रति भर्सना गर्दछौं । ’

महासंघले आफ्नो दायरालाई सम्झिदैं कुनै व्यक्तिगत प्रतिशोध नसाध्न, महासंघले सबै पत्रकार संघ संगठनको साझा संगठनको रुपमा कार्य गर्न आग्रह गर्दै प्रेसित गरेको स्पष्टीकरणको पत्र अबिलम्ब फिर्ता लिन प्रेस चौतारी नेपालले आग्रह गरेको छ ।
यस्ता गतिविधि जारी राखेमा प्रेस चौतारी नेपाल विरोधमा उत्रन बाध्य हुने जानकारी दिएको छ ।

 

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ०१ बजे