११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ की उम्मेदवार तोसिमा प्रचार अभियान चलाउदै




१६ कात्तिक ०७९, ललितपुर । उम्मेदवारी कायम भएसँगै ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्की  प्रचार अभियान सुरु गर्ने भएकी छिन् ।
उनले आज साँझ ४ बजे जावलाखेलको मण्डलाबाट चुनाव प्रचार प्रसारका थप योजनाहरु सार्वजनिक गर्ने भएकी हुन् ।
नेपाल मेडिकल काउण्सिलको सदस्य निर्वाचित डा. कार्की लाभको पद दिएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि सर्वोचच अदालत गएकी थिइन् । अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आयोगको नाममा अन्तरिम आदेश जारी गरेसँगै डा. कार्की निर्वाचन प्रचार योजना सार्वजनिक गर्न लागेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ बाट उम्मेदवारी दिएकी डा. कार्की भैसेपाटीको स्थानीय बासिन्दा हुन् ।

निर्वाचन आयोगले भोलि कात्तिक १७ गतेबाट निर्वाचन प्रचार गर्नसक्ने आचार संहिता जारी गरेको छ । आचार संहिता अनसार १० वटा झण्डा र २५ जना कार्यकर्तासँगै घर दैलो मार्फत प्रचार प्रसार गर्न सकिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ३७ बजे