११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीका एकै दिन तीन ठाँउमा चोरी




१७ काठमाडौं ०७९, काठमाडौं । राजधानीका एकै दिन तीन ठाँउमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौकों गोकर्णेश्वर नगरपालिका ८ बेसीगाउँ बस्ने सुमित्रा थापाको घरबाट मंगलबार राति सुनको गरगहना अन्दाजी ६ तोला र नगद १० लाख रूपैयाँ चोरी भएको छ ।
साथै भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोट पानीट्याङ्की नजिक बस्ने ३४ वर्षीय राजु थापाको घरबाट मंगलबार दिउँसो नगद ४० हजार रूपैयाँ र विभिन्न सरसामान समेत गरी ४ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
साथै ललितपुरको महालक्ष्मी नगरपालिका ३ इमाडोल बोझेपोखरी सिर्जना टोल डेरा गरी बस्ने रोल्पा घर भएका हुकुम बहादुर बुढामगरको कोठाबाट नगद ८० हजार रूपैयाँ र १० लाख बराबरको गरगहना मंगलबार दिउँसो चोरी भएको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धनका साथै संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ४५ बजे