११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आचारसंहिता उल्लंघन: कारबाहीमा परे काठमाडौं १६ का वडाध्यक्ष, पाँच हजार जरिवाना



१७ कात्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना लगाएकाे छ । आचारसंहिता विपरीत उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै आयोगले उनलाई जरिवाना तिराउने निर्णय गरेकाे हाे ।

निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम आयोगले जरिवाना लगाइएको हो । आफ्नो क्षेत्रमा जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

आयोगले सोधेको स्पष्टीकरणमा उनले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि प्रचार प्रसारमा सहभागी नभएको जवाफ दिएका थिए । तर, आयोगले उनी सहभागी भएको प्रमाण पाएपछि जरिवाना लगाएको हो ।

१२ असोजदेखि लागू भएको आचारसंहिता उल्लंघनमा ७१ व्यक्ति र संघसंस्थालाई आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघनमा यसपटक पहिलो कारबाहीमा वडाध्यक्ष रिजाल परेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ४२ बजे