११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


को हुन् मधुसुदन पौडेल ?



१७ कात्तिक ०७९ , ललितपुर । मधुसुदन पौडेल ललितपुरको कम्युनिष्ट राजनीतिको अग्रणी नेता हुन् ।
२०२३ साल भदौं ८ गते ललितपुरका गोदावरी ३ खहरे जन्मिएका नेता पौडेलको राजनीतिक यात्रा भने २०३९ सालमा अनेरास्ववियुबाट सुरु भयो । विद्यार्थी राजनीतिबाट अघि बढेका पौडेल नमूना मच्छिन्द्र विद्यालयमा स्ववियु सहसचिव हुँदै उनी नेपाल कमर्स क्याम्पसको स्ववियु सभापति बने ।
२०४८ सालमा अनेरास्ववियुका केन्द्रिय समिती सदस्य बनेका पौडेल २०४९ सालमा केन्द्रिय प्रचार विभाग प्रमुख हुँदै २०५१ सालमा विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाले ।
२०४३ सालमा तत्कालीन नेकपा मालेबाट पार्टी राजनीतिमा प्रवेश गरेका पौडेल त्यसयता पछाडि फर्केर हुर्नु परेको छैन । २०५१ सालमा जिल्ला कमिटी सदस्य बनेपछि २०५९ सालमा नेकपा एमालेको जिल्ला सचिव बनेर राजनीतिमा फड्को मार्न सफल भए । त्यसबेला सचिवले नै जिल्लाको नेर्तत् वगर्ने प्रचलन थियो । उनी २०६३ र ६६मा दुई पल्ट नेकपा एमालेको ललितपुर जिल्ला अध्यक्ष बनेर नेतृत्व गरेका पौडेल ०६२÷६३को संयुक्त जनआन्दोलन सर्वदलीन संयन्त्रको संयोजक बनेर आन्दोलन सफल बनाउन अग्रणी भूमिका खेलेका थिए ।
पौडेल सरल र सादगी जीवनयापन गर्न मन पराउने नेताका रुपमा चिनिन्छन् । उनी सधै जनताको घरदैलोमा पुग्न र रमाउन चाहन्छन् । स्प्रष्ट विचार राख्ने उनी गाँउले जीवन मन पराउछन् ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलि सरकारको पालामा गठन भएको भूमि आयोग ललितपुरका आयुक्त भई सुकुम्बासी तथा स्ववासीहरुलाई जग्गा दिलाउन महत्वपूर्ण कामहरु गरेका थिए ।
ललितपुरको विकासमा स्प्रष्ट भिजन भएका नेता पौडेल ललितपुरको गोदावरी क्षेत्रलाई आर्कषक पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्नुपर्ने योजना अघि सार्दै आएका छन् । दक्षिण ललितपुरलाई कृषि र पशुपालनको हव बनाउने उनको योजना छ ।
सडक पुर्वाधारमा पछि परेको ललितपुरका हरेक सडक पक्की कालोपत्रे बनाउनु जरुरी रहेको उनी बताउछन् । कालेश्वर,बैर्तणीधाम,गुप्तेश्वर, बज्रवाराही,गोदावरीजस्ता पर्यटकीय क्षेत्रको विकाश र प्रचारप्रसार गर्नु पर्ने उनको धारणा छ ।
गोदावरीका बालबालिकाका पौडेलले २०५३ सालमा गोदावरी ४ बडिखेलमा सूर्योदय शैक्षिक विकास प्रतिष्ठान नामक विद्यालय स्थापना गरे । यस विद्यालयमा हालसम्म हजारौँ हजार बालबालिकाले अध्ययन पुरो गरेका छन् ।
उनले व्यवस्थापन र समाजशास्त्र विषयमा स्नात्तकोतर तहसम्मको अध्ययन गरेका छन् ।
उनले २०६४ र २०७० सालमा ललितपुर क्षेत्र नं. १ बाट संविधानसभा सदस्य पदका लागि निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए । २०६४ सालमा उनी माओवादी नेता वर्षमान पुन र २०७० सालमा नेपाली काँग्रेसका उदयशम्सेर राणासँग पराजित भएका थिए । हाल उनको प्रतिश्पर्धा गठबन्धनका नेता हरि दाहालसँग हुने अनुमान छ

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : १४ बजे