११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले ललितपुर १ का उम्मेदवारद्वारा पत्रकारसँग साक्षत्कार




१८ कात्तिक ०७९,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुद्वारा शुक्रबार ललितपुरको लगनखेलमा पत्रकारहरुसँग साक्षत्कार गरेका छन् ।
आसन्न निर्वाचनका सन्दर्भमा प्रेस चौतारी नेपाल ललितपुरले आज आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नवराज सिलवाललेआगामी निर्वाचनमा नयाँ र दुरगामी महत्व राख्ने एजेण्डाहरु लिएर आएको बताए ।
उनले आफ्नो पहलमा देशकै ठूलो सभाहल गोदावरीमा निर्माण गर्न सफल भएको बताउदै दक्षिण ललितपुर र उत्तरी मकवानपुर जोड्ने ३ वटा पुल निर्माणको ठेक्का लगाएर काम सुरु हुने चरणमा पुगेको बताए ।
एमालेको सरकारको पालामा कान्तिलोकपथ सडक दिर्घकालीन रुपमा निर्माण गर्ने क्रममा कालोपत्रसहित स्तरोन्नती गरिएको बताए ।
प्रदेशसभा सासंद चेतनाथ सञ्जेलले दक्षिण ललितपुरको दिर्घकालीन विकाशका लागि वगुवा चन्दनपुर सडक बहुवर्षीय योजना सहित कालोपत्र गर्दै अघि बढाएको, विर्केधारा, दलचोकी, शंखु,इकुडोल हुदै माझखण्ड आश्राङ सडक निर्माण सुरु भएको र छपेल ी आश्राङ सडक पनि सुरु गरेको बताए । उनले धेरै पर्यटनका क्षेत्रमा काम गरेको र अव ती योजना सम्पन्न गर्न आफुले चाहेको बताए ।
अर्का उम्मेदवार मधुसुदन पौडेलल्े भष्टाचार अन्त्य गर्ने, ललितपुरमा रोजगारी र समृद्धिका लागि आफूले काम गर्न चाहेर उम्मेदवारी दिएको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ५९ बजे