२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काङ्ग्रेस इकुडोलका इकाई पूर्व उपसभापति स्याङतान एमालेमा प्रवेश




१९ कात्तिक ०७९,ललितपुर । नेपाली काङ्ग्रेस बाग्मती गाउँपालिका ५ इकुडोलका पूर्व उपसभापति रिखीमान स्याङ्तान एमालेमा प्रवेश गरेका छन् । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साविक इकुडोल १ को वडाध्यक्ष समेत रहेका स्याङ्तानलाई शनिबार इकुडोलमा आयोजित एमालेको चुनावी कार्यक्रममा निवर्तमान सांसद तथा उम्मेदवारहरु नवराज सिलवाल र चेतनाथ सञ्जेलले माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
विगतमा १० वर्षसम्म पार्टी उपसभापतिको भूमिका निर्वाह गरेका स्याङतानले पार्टी प्रवेश गर्दै इकुडोलमा विगत ५ वर्षभित्र काङ्ग्रेस पतन भईसकेको बताए । पार्टीमा आफ्नो जीवन त्याग गरेकालाई काङ्ग्रेसले सम्मान गर्न नसकेको र अब काङ्ग्रेस पार्टी इकुडोलमा कहिल्यै माथी उठ्न नसक्ने उनको दावी छ । स्याङ्तानले अबका दिनमा जनताको सेवा गर्ने एक मात्र पार्टी एमाले रहेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।