११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नयाँबजारबाट जुवा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

२० कात्तिक ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रूपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : १३ बजे