२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड




३० कात्तिक ०७९,काठमाडौं ।  राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बुधबा बिहान ११ बजेतिर सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो ।मन्त्री श्रेष्ठका स्वकीय सचिव मदन राईका अनुसार सडकमा रोकिराखेको गाडीमा स्कुटर र मोटरसाइकलमा आएका ५र६ जनाको समूहमा रहेकाहरूले तोडफोड गरेका हुन् । गाडीका सिसा सबै फुटाइएको छ ।

गाडी तोडफोड गर्नेहरूको प्रहरीले अनुसन्धान सुरु गरेको राईले न्युज कारखानालाई बताए । श्रेष्ठ चितवन २ मा श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।