२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उठिवासको त्रास कहिलेसम्म भन्दै सरकारलाई सुकुम्बासीको प्रश्न



१ मंसिर ०७९, काठमाडौं ।   संयुक्त सुकुम्बासी मोर्चाले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् ।

बिहीबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरेका मोर्चाका पदाधिकारीले उठिवासको त्रासमा सुकुम्बासी कहिलेसम्म बस्नुपर्ने भन्दै प्रश्न गरेका छन् । जहाँको नागरिकता हो त्यहीँ जान सरकारले भनेको भन्दै उनीहरुले काठमाडौंमा कहाँको नागरिकता भएकाले मात्र बस्न पाउने भन्दै प्रश्न गरेका छन् ।

https://www.youtube.com/@lalitkhabar

आफूहरु वर्षाैंदेखि बस्दै आएको जमिनबाट हटाउने होइन लालपूर्जा दिनुपर्ने मोर्चाका उपाध्यक्ष राजकुमार पाण्डेले बताए । प्रदर्शनमा सहभागीहरुले ‘उठिवासको त्रास कहिलेसम्म, हामीले अधिकारी खोजेको, हामीहरु विकास विरोधी होइन’ जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।