८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर १ का उम्मेदवार डा. घिमिरे ‘सत्याग्रह’ त्याग्दै



 

हिमरत्न तिमल्सिना

१ मंसिर ०७९, चापागाँउ । ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार डा. सचिन घिमिरेले विभिन्न माग राख्दै गरेको ‘सत्याग्रह’ त्याग्ने भएका छन् ।
प्रतिनिधीसभाकै एमाले उम्मेद्वार नवराज सिलवालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका डा घिमीरेका मागहरु संबोधन गर्ने प्रतिबद्धता गरेसँगै घिमिरेले सत्याग्रह त्याग्ने घोषणा गरेका हुन् ।
सत्याग्रह विहान ७ बजे तोड्ने कार्यक्रम छ । वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष नरसिंह ब्यञ्जनकारको हातबाट जुस खाएर सत्याग्रह तोड्ने बताउदै उनले सबै मागहरु पु्रा गर्ने मौखिक आश्वासन पाएको बताए ।
उनले भने, ‘एमाले उम्मेदवार नवराज सिलवालसँग गएको कार्याकालमा संसद विकाशकोषको हिसाव किताव लिखित ल्याउन भनेको थिए । तर उनले मसँग भेटेर सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे । लिखिल ल्याएनन् ।’
डा. सचिनसँगको भेटमा उम्मेदवार सिवलावले आफ्नो र डा. सचिनको एउटै धारणा रहेको बताए । उनले भने,‘हामी यो मूलुकलाई सुशासन कायम गराउने अभियानमा निरन्तर लागिपरेका छौँ । मैले गरेका सबै कामहरु पारदर्शि छन् ।’
ललितपुर १ का उम्मेदवार समेत रहेका डा. घिमिरेको सत्याग्रह निर्वाचन आचारसंहिता विपरित रहेको कारण प्रहरीले पक्राउ गर्ने सम्भावना बढेपछि उनले हतार हतार उधारोमै सत्याग्रह अन्त्य गर्न लागेका हुन् ।
आज प्रहरीले पक्राउ गरे प्रहरी चौकीबाटै अनसन तोड्ने डा. सचिनले ललितपुर खबरलाई बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ३९ बजे