८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरमा पनि शंकास्पद बस्तु फेला




ललितपुर खबर
३ मंसिर ०७९, ललितपुर । निर्वाचनको पुर्वसन्ध्यामा देशभरका विभिन्न ठाँउमा शंकास्पद बस्तु भेटिएसँगै दक्षिण ललितपुरको महाकाल गाँउपालिकामा पनि शंकास्पद बस्त भेटिएको छ ।
गोटिखेल प्रहरी चौकीका अनुसार महाकाल गाँउपालिका ४ कालेश्वर छेपारेडाँडामा खाल्टो खनेर धोक्रो राखी सो ठाँउमाथि ससाना दाउरा राखिएको अवस्थामा शंकास्पद बस्तु राखिएको हो ।
शंकास्पद बस्तु निर्वाचन केन्द्रित भई गोटिखेलमा अस्थायी रुपमा बसेको सूर्यदल गणका नेपाली सेनाले डिस्पोज गरेको प्रहरी चौकीका इन्पेक्टर दिपक रिजालले बताए । उनले भने, यहाँ कुनै खतराको बस्तु भेटिएन ।
शंकास्पद बस्तु कालेश्वरस्थित बतासेबाट खोरभञ्ज्याङ जाने सडकको छेपारेडाँडामा राखिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : १३ बजे