८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर २ मा एमालेका प्रेम महर्जन भारी मतले विजयी



विजयी भएपछि बोल्दै प्रेम महर्जन । लेन्स : ललितपुर खबर

ललितपुर खबर

५ मंसिर ०७९, ललितपुर । ललितपुर २ मा भारी मतले एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन् । महर्जनले १५ हजार ५ सय २५ मत ल्याएका छन् । लौरो चिन्ह लिएका हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्वरत्न महर्जनले ८ हजार ६ सय ६६ मत ल्याएका छन् ।

यसैगरी निवर्तमान सांसद समेत रहेका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २ सय ६४ ले मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर थापाले ६ हजार ६ सय ४६ मत ल्याएका छन् । विजयी महर्जनको आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ०० बजे