११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी



६ मंसिर ०७९,ललितपुर ।  ललितपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै विजयी भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले चित्रकार ६ हजार ९९५ मतले प्रदेशसभा सदस्यमा विजयी भएको जनाएको छ। कार्यालयका अनुसार निकटतम् प्रतिष्पर्धी शाक्यले ६ हजार ८३२ मत पाएका छन्।

हाम्रो नेपाली पार्टीका उम्मेदवार सवितकुमार महर्जन ५ हजार ९४५ मतका साथ तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हसिना शाक्य ३ हजार ७८५ मतका साथ चौथो भएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : २६ बजे