११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी




७ मंसिर ०७९, काठमाडौं । काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।
दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । उनले छ हजार आठ सय र लोकतान्त्रिक वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत श्रेष्ठले बताए । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ ।
कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : २९ बजे