८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर १ का उम्मेदवार नवराज सिलवालले पराजित भएपछि उठाए आम मान्छे, विशेष मान्छे र खास मान्छेको कुरा




७ मंसिर ०७९, ललितपुर । ललितपुर १बाट नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणासँग पराजित भएपछि आम मान्छे, विशेष मान्छे र खास मान्छेका सम्बन्ध र व्यावहारका विषयमा कुरा उठाएका छन् ।
एनले निर्वाचित पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै आम मान्छे, विशेष मान्छे र खÞास मान्छेहरूका व्यावहार र सम्वन्धका विषयमा संगालेका ज्ञान अमूल्य रहेका बताउदै निर्वाचनमा आफ्नै पार्टीबाट भएको असहयोगको विषय संकेत गरेका छन् ।
उनले सामान्य र पारदर्शी जीवनशैली अपनाउने र राष्ट्रीय स्वार्थको रक्षार्थ कृयाशील रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आउंदा दिनहरूमा समेत देश, जनता र परिवर्तनको अभियानको नेतृत्व गरेको पार्टी एमालेप्रति समर्पित रहने बताउदै मत दिने सबैमा मनको गइराइबाट आभार र धन्यवाद व्यक्त गरेका छन् ।

उम्मेदवार सिलवालले १९ हजार २ सय ७९ मत प्राप्त गरेका थिए भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणाले २३ हजार ८ सय ९२ मत पाएका थिए
। राणाले एमाले उम्मेदवार सिलवाल राणाभन्दा ४ हजार ६ सय १४ मतले धेरै ल्याएका हुन् ।

उनले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका विजयी उदयशम्सेर राणालाई बधाई दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ४७ बजे