११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल दोब्बरभन्दा बढी मतले विजयी



८ मंसिर ०७९, काठमाडौं ।   आइतबार भएको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–१ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल निर्वाचित भएका छन् । अघिल्लो पटक पनि निर्वाचित भएका उनी यसपटक पनि पुनः यहि क्षेत्रबाट निर्वाचित भएका हुन् । सुवालले कुल ४२ हजार ७६१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा राप्रपाका उम्मेदवार भरतबहादुर खड्का रहेका छन् । उनले ९ हजार २२२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका सुनिल गोठे भने ५ हजार १६५ मतमा सिमित भएका छन् । सुवाल र गेलालबीचमा ३० हजार ७९३ को मतान्तर देखिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ३ : ०१ बजे