८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा गठबन्धनका माओवादी र नेकपा समाजवादी सबै ठाँउमा पराजित




ललितपुर खबर
९ मंसिर ०७९, ललितपुर । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यमा ललितपुरबाट नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जिल्लाको कुनै पनि क्षेत्रबाट विजय प्राप्त गर्न सकेनन् । पाँच दलीय गठबन्धन रहेको अवस्थामा एक्लै निर्वाचनमो होमिएको नेकपा एमालेसँग दुवै दलका उम्मेदवार पराजित भए ।
ललितपुरमा १ ठाँउबाट प्रतिनिधिसभा र २ ठाँउबाट प्रदेशसभामा उम्मेदवारी दिएको माओवादी तीनै ठाँउमा पराजित भयो । एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेशसभामा एक एक ठाँउमा उम्मेदवारी दिएको थियो । दुवै ठाँउमा उसले पनि पराजय भोग्यो ।
नेकपा माओवादीकी उपमहासचिव तथा जलश्रोत उर्जा तथा सिंचाई सिंचाई मन्त्री पम्फा भुसाल ललितपुर ३बाट प्रतिनिधिसभा सदस्यमा तेश्रो हुँदै पराजित भइन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले ३१ हजार १३६ मत पाएदा झण्डै चार गुणा कम ८ हजार ७६९ मत पाइन् ।
ललितपुर क्षेत्र नं. ३ को प्रदेशसभा १ बाट माओवादीकै प्रदेशसभा सदस्यका उम्मेदवार राजकाजी महर्जन पनि नेकपा एमालेका रघुनाथ महर्जनसँग ६८६ मतान्तरले पराजित भए । एमालेका महर्जनले ९ हजार ७६६ मत पाएका थिए भने माओवादीका महर्जनले ९ हजार ८० मत मात्रै पाए ।
ललितपुर क्षेत्र नं. १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि दाहाल नेकपा एमालेका मधुसुदन पौडेलसँग २ हजार ६४३ मतले पराजित भए । एमालेका पौडेलले ११ हजार २९९ मत पाएका थिए भने माओवादीका दाहालले ८ हजार ६५६मत मात्रै पाउन सफल भए ।
ललितपुर क्षेत्र नं. २ बाट गठबन्धनको सहयोग हुँदा हुँदै एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जन चौथो स्थानमा खुम्चिए । यहाँबाट नेकपा एमालेका प्रेम महर्जनले १५ हजार २५ मत सहित विजयी भए भने समाजवादीका महर्जनले ६ हजार ७३९ मत मत पाए ।
नेकपा एमालेले ललितपुर क्षेत्र नं. २ प्रतिनिधिसभा क्षेत्रसँगै ललितपुर १ को १ प्रदेशसभा, ललितपुर २ को १ प्रदेशसभा र ललितपुर ३ को १ र २ प्रदेशसभा मा विजय भयो भने नेपाली काँग्रेस ललितपुर १को प्रतिनिधिसभा सदस्यसँगै ललितपुर १ को २ प्रदेशसभा र ललितपुर २ को २ नम्बर प्रदेशसभामा विजयी भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा विजय हात प¥यो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ३६ बजे