९ मंसिर ०७९, ललितपुर । ललितपुर १ मा पराजित नवराज सिलवालले आफ्नो पराजय प्रति स्वयं आफैन नै जिम्मेवारी लिने बताएका छन् । उनले सामाजि सञ्जाल फेसबुमा भनेका छन्‘चुनावमा मेरो पराजय प्रति म स्वयं ज़िम्मेवारी लिन्छु। अरू कसैलाई लक्षित या लान्छित गर्ने ढंगले प्रस्तुत नहुन म साथीहरूलाई अनुरोध गर्दछु। केही कमजोरीहरू रहे। जनताको मायालाई समेट्न र सम्हाल्न भ्याइएन। नेकपा एमालेले देशव्यापी जित दर्ज गरेको छ। हामी खुशी छौं। म आभारी छु।’
उम्मेदवार सिलवालले १९ हजार २ सय ७९ मत प्राप्त गरेका थिए भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणाले २३ हजार ८ सय ९२ मत पाएका थिए। राणाले एमाले उम्मेदवार सिलवाल राणाभन्दा ४ हजार ६ सय १४ मतले धेरै ल्याएर विजयी भएका हुन् ।
प्रतिक्रिया