३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दोलखाका १० वटा केन्द्रमा बुथ कब्जा, फेरि मतदान गराइने



११ मंसिर ०७९, काठमाडौं ।   दोलखाका १० वटा मतदान केन्द्रमा बुथ कब्जा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने निर्णय गरेको छ ।
नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले यो निर्णय लिएको हो।
स्थलगत अध्ययनमा गएको टोलीको सिफारिसपछि दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित पुन मतदान गरिने भएको हो। आयुक्त रामप्रसाद भण्डारीको सिफारिसका आधारमा ती केन्द्रमा अब फेरि मतदान हुन लागेको हो।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।