८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउ सडक कालोपत्र हुँदै



फाइल तस्विर

ललितपुर खबर
१२ मंसिर ०७९, चापागाँउ । ठेचो टाहाखेल सडकको कालोपत्र सुरु भएको छ ।
ललितपुरको ठेचोबाट आइतबार रातीदेखि कालोपत्र सुरु गरिएको हो । ठेकेदार कम्पनीले केही दिनभित्र टाहाखेलसम्मको सडक कालोपत्रे गरिने बताएको छ । ठेकेदार कम्पनीले ठेचोको धापाखेल दोवाटोबाट सडकको कालोपत्र निकाल्न सुरु गरेको छ ।
गोदावरी ११ का वडाध्यक्ष निलबहादुर देशारले ठेचोबाट झ्यालीपाटीसम्म पहिलो चरणमा कालोपत्र हुने बताए । उनले भने, ‘त्यसपछि टाहाखेलसम्मै कालोपत्र हुन्छ ।’
ट्राफिक प्रहरीले रात ९ बजेदेखि टिपरलाई कालोपत्र नहुन्जेलसम्मका लागि बन्द गरेको छ । नगरपालिकाले समेत सडक कालोपत्र गर्न अवरोध हुने भएकाले बैकल्पिक सडक प्रयोग गर्न सूचना प्रकाशन गरेको छ ।
नवजानकी जेभिले गत जेठमा चापागाँउ ज्योतीविहारदेखि चापागाँउ टुसालसम्म ढलान गरेको थियो ।
सडक विभागले २०७२ सालमा सडक विस्तारका लागि ठेक्का लगाएको भए पनि स्थानीयहरुको घरधनीलाई सरकारले मुआव्जा नदिएपछि कालोपत्र भएन । २०७६ सालमा ठेक्का अवधि सकिएपछि जनप्रतिनिधिहरुको पहलमा यो सडक विस्तार नगरि यथास्थितीमाकालोपत्र गरिएको थियो ।


कालोपत्र गरेको ६ महिनामै भत्कन सुरु भएको यो सडक आजकल हिड्नै नहुने गरि खाल्टा बनेको छ । दिनहुँ सयौं टिपर गुड्दा सडकले भार थाम्न नसकेको भन्दै सरोकारवालाहरुले टिपर बन्द गर्नु पर्ने आवाज उठाउने गरेका छन् । मापदण्डभन्दा धेरै निर्माण सामाग्री बोकेर गाडी गुड्ने हुँदा सडक चाडै विग्रेको उनीहरुको आरोप छ । ठेकेदार कम्पनी भने घर थर्केको भन्दै स्थानीय घरधनीले सडक पेल्दा रोलर नगाउन नदिएको कारण कालोपत्र नटिकेको बताउछन् ।
कालोपत्र गरेपछि स्थानीयले धारा जडान गर्न सडक खन्ने भएकाले पनि सडक चाडै विग्रने गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : २० बजे