८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा समानुपातिक मत : एमाले पहिलो, स्वतन्त्र दोश्रो र काँग्रेस तेश्रो




ललितपुर खबर
१२ मंसिर ०७९, ललितपुर । ललितपुरमा प्रतिनिधिसभाको समानुपातिक मत गणनामा नेकपा एमालेले धेरै मत ल्याएर पहिलो बनेको छ ।
निर्वाचन आयोगको ललितपुर कार्यालयका अनुसार नेकपा एमालेले ३८ हजार ८९० मत ल्याइ पहिलो बनेको छ । दोश्रोमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार ३८३ मत पाएको छ । पाँच दलसँग गठबन्धन गरेको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले भने ३३ हजार ८८३ मत पाएको छ ।
ललितपुरमा चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी बन्न सफल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जम्मा १९ हजार ७३१ पाएको छ । पाँचौं दल भने गठबन्धनको दोश्रो ठूलो दल नेकपा माओवादी बनेको छ । उसले १४ हजार ८३ मत पाएको छ । छैटौं दल हाम्रो नेपाली बन्यो । हाम्रो नेपाली पार्टीले ५ हजार ७ सय ६१ पाएको छ । नेकपा एमालेसँग फुटेको माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले ३ हजार १४५ मत पाउन सफल भएको छ ।
क्षेत्रगत रुपमा दलहरुले पाएको मत यस प्रकार छ ।
ललितपुर १
नेकपा एमाले १५ हजार ५०८
नेपाली काँग्रेस १६ हजार ३५२
राष्ट्रिय स्वतन्त्र पार्टी ६ हजार ८३८
नेकपा माओवादी ५ हजार ६७४
राप्रपा ३ हजार २४७
एकीकृत समाजवादी ३५३
मजदुर किसान पार्टी ३३८
ललितपुर २
राष्ट्रिय स्वतन्त्र पार्टी ११ हजार ८९५
नेकपा एमाले ११ हजार ८५
नेपाली काँग्रेस ९ हजार २५२
राष्ट्रिय प्रजातन्त्र पार्टी ७ हजार ६९५
हाम्रो नेपाली पार्टी ४ हजार ४३
नेकपा माओपादी १ हजार ८३६
ललितपुर ३
राष्ट्रि«य स्वतन्त्र पार्टी १६ हजार ६५०
नेकपा एमाले १२ हजार २९७
राष्ट्रिय प्रजातन्त्र पार्टी ८हजार ७८९
नेपाली काँग्रेस ८ हजार २४७
नेकपा माओवादी ६ हजार ५३१
मजदुर किसान पार्टी १ हजार ६ सय ५८
हाम्रो नेपाली पार्टी १ हजार ५७५

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ०५ बजे