८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


माओवादी ललितपुर संयोजक शिव कट्टेल र सचिव दिपक पूलामीले दिए नैतिकताको आधारमा राजिनामा



१२ मंसिर ०७९, ललितपुर । पाँच दलीय गठबन्धन गरेर ललितपुरका तीन क्षेत्रमा उम्मेदवार उठाएको नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु पराजय भएपछि पार्टी जिल्ला संयोजक शिव कट्टेल र सचिव दिपक पूलामीले नैतिकताका आधारमा राजिनामा दिएका छन् ।
कट्टेल र पूलामीले निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन नसकेको भन्दै माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेललाई राजिनामा पत्र दिएका हुन् ।
ललितपुरको क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा पार्टीकी उपमहासचिव तथा उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाल, ललितपुर क्षेत्र नं. ३को प्रदेशसभा १बाट निवर्तमान प्रदेश सांसद राजकाजी महर्जन र ललितपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा पार्टी पोलिटव्युरो सदस्य हरि दाहाललाई पार्टीले उठाएको थियो ।
निर्वाचनमा भूषाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले विजयी हुदै पछाडि पारेकी थिइन् । नेकपा एमालेका अमृत खड्का दोश्रो भएका थिए ।
तथा क्षेत्र नं ३ को प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जन नेकपा एमालेका रघुनाथ महर्जनसँग पराजित भएका थिए । ललितपुर क्षेत्र नं. १को प्रदेशसभा १ मा पनि एमालेकै उम्मेदवार मधुसुधन पौडेलले माओवादी उम्मेदवार हरि दाहाललाई पराजित गरेका थिए ।
ललितपुरका गरिएको पाँच दलीय गठबन्धनमा मत ट्रान्सफर नभएको र गठबन्धनभित्रको ठूलो दल नेपाली काँग्रेसले सहयात्री दलहरुलाई धोका दिएको भन्दै माओवादीभित्रका कार्यकर्ताहरु असन्तुष्ट छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ११ : १० बजे