३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उदयपुर १ मा मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन



१२ मंसिर ०७९, काठमाडौं । निर्वाचन आयोगले उदयपुर १ मा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ । आयोगले मतगणनापूर्व जे जस्तो सहमति भएको हो, सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सोमबार निर्देशन दिएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले ११ मंसिरमा पत्रमार्फत निर्देशन दिएको हो । आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको ४ र ५ मंसिरको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

उदयपुर १ मा परराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा.नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच कडा प्रतिस्पर्धा छ । एमालेले निर्वाचनमा धाँधली भएको भन्दै उजुरी हालेपछि शनिबारदेखि नै मतगणना रोकिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।