१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरूद्वारा धर्ना(तस्बिरहरु)



२१ मंसिर ०७९,काठमाडौं ।  नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरूले धर्ना सुरु गरेका हुन्। बार अध्यक्ष गोपालकृष्ण घिमिरे,महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन्।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए। लगतै जवराले सर्वोच्च फर्किने तयारी गरेका छन्। राणा सर्वोच्च अदालत हाजिर हुन आउने सूचनापछि अदातल परिसरमा सञ्चारकर्मीसँगै वकिल र सर्वसाधारणको भीड लागेको छ । अदालत परिसरमा सयाैकाे संख्यामा प्रहरी परिचलन गरिएको छ ।

तस्बिरमा हेर्नुहोस्

 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।