१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चयनमा असन्तुष्टि



२२ मङ्सिर ०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदका लागि चलखेल शुरु भएको छ । रास्वपाको समानुपातिक सांसद छनोट प्रक्रियामा चलखेल भएको भन्दै समानुपातिक सूचीमा रहेका केही उम्मेदवारले असन्तुष्टि व्यक्त गरेका छन् ।

खस आर्य कोटाबाट समानुपातिक सूचिमा नाम रहेकी निशा डाँगीले आफ्नो फेसबुकमार्फत खबरदारीका लागि आह्वान गरेकी हुन् । रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ । उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ । जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन् । अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ । खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।