
२५ मंसिर ०७९, ललितपुर । ललितपुर लेलेका बासिन्दाले खानी क्षेत्रको विरोध गरेका छन् । गतआइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउदै लेले महादेव खोला क्षेत्रका स्थानीयहरुले भर्खरै स्थानीय सरकारले खानी तथा खनिज क्षेत्रमा राखेपछि स्थानीयहरु आन्दोलित भएका हुन् ।
स्थानीय देवेन्द्र डंगोलका अनुसारस्थानीय २३९ घर धुरीको हस्ताक्षर सहित लेलेबासीले खानेपानीको मुहान भएको ठाँउलाई खानी तथा खनिज क्षेत्र राखेको भन्दै विरोध गरेका हुन् । उनका अनुसार स्थानीयहरुको नेतृत्वमा गएको टोलीले खानी क्षेत्र हटाउनु पर्ने माग सहित गोदावरी नगरपालिका ५ वडा कार्यालय र गोदावरी नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । स्थानीयहरुले मालपोत तथा भुमिसुधार

कार्यालउ ललितपुर, डिभिजन बन कार्यालय ललितपुर,खानी तथा भुगर्भ विभाग र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने स्थानीयहरुको कार्यक्रम छ ।
वडाको सिफारिसमा नगरपालिकाले भूमी वर्गीकरण गर्ने प्रकृयामा छ । सोही अनुसार भू उपयोग ऐन २०७६ को दफा ४ बमोजिम नगर बोर्डले कार्तिक १८ गते भुमी वर्गीकरण गरेको थियो ।

उक्त निर्णय अन्र्तगत साविक लेले गा.वि.स ४ को १८ कित्ताहरू सहित हाल ढुंगा खानी भएको जग्गाहरूलाई खानी तथा खनिज क्षेत्रमा र बाँकि जग्गाहरू आवासिय क्षेत्रमा वर्गीकरण गरेपछि विवाद चुलिएको हो । यहाँको फुल्चोकी बन क्षेत्रमा युनाइटेड सिमेन्ट कम्प्नीले केपिइ सिमेन्टको लागि ढुंगा उत्खनन भइरहेको छ । वन क्षेत्रमा नीजि कम्पनीले निरञ्तर ढुंगा निकाल्दा जलचर क्षेत्र नष्ट भई स्थानीयहरुलाई पानीको अभाव हुने भन्दै उनीहरु निरन्तर विरोध गरिरहेका छन् । तर युनाइटेड सिमेन्ट कम्पनीले सरकारी कर्मचारीको मिलेमतोमा ढुंगा निकाल्नका लागि दिइएको अनुमती रिन्यु गर्दै बन क्षेत्र मासिरहेका छन् ।

संचालनमा रहेको ढुंगा खानीहरूको मापदण्ड र त्यसको प्रत्यक्ष प्रभाव बारे पटक पटक बिरोध प्रदर्शन भई रहदा झन खानीको लाइसन्समाथि लाईसन्स थपेको भन्दै गोदावरी वडा नं. ५ र ६ का स्थानिय वासीहरू आक्रोशित छन् । उक्त खानीहरू वन जंगल सिमा जोडिएको र पानीको मुहान नजिकै रहेकोले यसले भविष्यमा करिब ७ हजारसम्म स्थानिय वासीलाई पानीबाट वञ्चित हुने तथ्य प्रस्तुत गर्दै खानीले पानीमा मात्र नभई वन, कृषि, बाटो तथा वातावरणमा प्रत्यक्ष असर पारिरहन्दा पनि सरोकारवालाहरू मौन छन् । करिब ७०% कृषकहरू रहेको जग्गाहरू कृषि क्षेत्र वर्गीकरण नहुनु रहस्यमय बनेको छ ।
गोदावरी नगरपालिका ५ नम्बर वडा कार्यालयमा स्थानीयवासीहरूले दर्ता नं १२१ मा भुमी वर्गीकरण निर्णय संशोधनका लागि सिफारिस गरि खानी क्षेत्र होइन मुहान क्षेत्र घोषणा गर्न माग राखेका छन् भने गोदावरी नगरपालिकामा पनि खानी तथा खनिज क्षेत्र वर्गीकरण गरेको नियम उपर आवश्यक अनुगमन र अनुसन्धान गरि उक्त नियम तत्काल संशोधन गर्ने माग गरि दर्ता नं. २१४४ मा दर्ता गरि ज्ञपन पत्र बुझाएको छन् ।








प्रतिक्रिया