११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जोरपाटी-साँखु सडक खण्ड ठप्प



२६ मंसिर ०७९, काठमाडौं । जोरपाटी साँखु सडक खण्ड ठप्प भएको छ । सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहानदेखि यो सडक खण्ड अन्तर्गतको थलीमा प्रदर्शन गरिरहेका छन् ।

लामो समयदेखि सडक मर्मतको माग गरे पनि पूरा नभएको भन्दै स्थानीय बासिन्दाले  फेरि प्रदर्शन थालेका हुन् । यसअघि पनि उनीहरुले पटक-पटक विरोध गर्दै आएका थिए । तर, ठेकेदारसँग सडक मर्मत गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो ।

सहमति अनुसार सडक मर्मतको काम नभएपछि फेरि स्थानीय बासिन्दाले केही दिनयतादेखि विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।