२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजबाट निर्वाचन आचारसंहिता नरहने – निर्वाचन आयोग



२६ मंसिर ०७९, काठमाडौं ।  निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागु नरहने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

https://www.youtube.com/@lalitkhabar

उनका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ । निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागु गरिएको उनले जानकारी दिए ।

आयोगको विज्ञप्ति : 

मितिः २०७९ मंसिर २६ गते

संवत् २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय भएको छ । आयोगले सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९ असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरिएको थियो ।

शालिग्राम शर्मा पौडेल ( प्रवक्ता एवं सहसचिव)

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।